खानेपानी पाइप बगाउदाँ कावासोतीका २५ सय बढि उपभोक्ताको धारामा नियमित पानी आएन ।

शिक्षा

बिबेक भण्डारी ।
केहि दिन यता परेको अवरिल वर्षाका कारण खानेपानी आपुर्तिमा समस्या पैदा भएको छ । जिल्लामा रहेका सबै जसो खानेपानी तथा सरसफाई उपभोक्तालाई वर्षाले ठुलो क्षती पुर्याएको छ । यस्तै कावासोती खानेपानीमा पनि वर्षाले क्षतिपुर्याएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ । बिहिवार खानेपानी पाइपलाईनको अनुगनको क्रममा उपभोक्ता सम्म खानेपानी पुर्याउन समस्या भएको जनाएको छ ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले प्रतिनिधिसभा सांसद तिलक महत सहितको उपस्थीतिमा गरेको अनुगमनका क्रममा खानेपानी संस्थाका अध्यक्ष भिम कंडेलका अनुसार वर्षाले खानेपानी आपुर्तिमा समस्या पैदान गर्नका साथै करिव २ करोड बराबरको सामाग्रिमा क्षति पुर्याएको बताउनुभयो । उहाका अनुसार केरुङ्गगे खोलाको भित्रितहबाट पाइपलाईन मार्फत पानी संकलन गर्दे आएको भए पनि अहिले वर्षाले पाइप नै बगाए पछि उपभोक्ताहरुलाई पानीको सहज पहुज पुर्याउन नसकेको बताउनुभएको छ ।

उहाका अनुसार खानेपानी समिति आफ्ना उपभोक्तालाई खानेपानी पुर्याउन हरसम्बत लागि परेको भन्दै केहि दिनमा सहज वातावरण बनाइने जानकारी दिनुभयो । विशेष गरि केरुङ्गगे खोलामा राखिएको पाइप बगाउदा समस्या उत्पन्न भएको छ । आठ हजार ५ सय उपभोक्ता रहेको उक्त खानेपानीमा अहिले २५ बढि उपभोक्ताहरु खनेपानीको सहज प्रयोग गर्नपाएका छैनन् । कावासोती वडा नम्बर २,३ र ५ नम्बर वडामा खानेपानीमा बढि समस्या आएको अध्यक्ष कंडेलले जानकारी गराउनुभयो । यस्तै अनुगमन पछि बोल्दै सासंद तिलक महतले खानेपानी सहज आपुर्तिका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर