कावासोतीका विद्यालयहरु भदौ २७ गते बाट सन्चालन हुने

शिक्षा

कावासोती कावासोतीका विद्यालयहरु भदौ २७ गते बाट सन्चालन हुने भएका छन । बुधबार बसेको नगरस्तरिय विपत व्यवस्थापन समितिको बैठकले विद्यालयहरु भदौ २७ गते बाट सन्चालन गर्ने गरि निर्णय गरिएको विपत व्यवस्थापन समितिका संयोजक एवं नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिएका छ्न ।

विपदको समयमा विद्यालय सन्चालन २०७७ अनुसार दुई सिफ्टमा विद्यालयहरु सन्चालन हुने मर्दनियाले जानकारी दिएका हुन । कोरोनाको दोस्रो लहर फैलिए पछि गत वैशाख १२ गते देखि बन्द रहेका विद्यालय खोल्नु पर्ने दबाब बढदै गएको बेला नगर स्तरीय विपत व्यवस्थापन समितिले विद्यालय सन्चालन गर्ने निर्णय गरेको हो ।

भदौ २७ गते बाट विद्यालय सन्चालन हुने भनिए पनि निजि विद्यालयहरुले भने निर्णय नगरिदै परिक्षा सन्चालन गरेका छ्न ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर