नवलपुरमा २१ गतेका लागि हुने कांग्रेस वडा अधिवेशन तयारी तिब्र ।

शिक्षा


नवलपुर ।
नेपाली काग्रेसले वडा अधिवेशन मिति टुङ्गो लगाए पछि नवलपुरमा अधिवेशन र उम्मेदवारका लागि दौडधुप चलेको छ । नवलपुरमा भदौ २१ गते ९२ वटा वडामा एक साथ अधिवेशन हुने नेपाली काँग्रेस नवलपुरका कार्यालय सचिव गोपाल वस्ताकोटीले बताए । उनका अनुसार शुक्रबार ९२ वटाका निर्वाचन मण्डलमा रहने प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । शनिबारसम्म सवै वडाका वडा स्तरीय निर्वाचन अधिकृत तय हुने छ । नवलपुरमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य १६ हजार ५ सय २१ जना रहेका छन् । नेपाली काँग्रेस नवलपुरका अनुसार भदौ २१ गते हुने वडा अधिवेशनले १ हजार ७ सय ५५ जना प्रतिनिधि छनौट गर्ने छ । गैडाकोट नगरपालिकाबाट ४ सय २० जना, कावासोती नगरपालिकाबाट ३ सय १३ जना, देवचुली नगरपालिकाबाट २ सय ६५ जना, मध्यविन्दु नगरपालिकाबाट २ सय २० जना, बुलिङटार गाउँपालिकाबाट १ सय १० जना, हुप्सेकोट गाउँपालिकाबाट १ सय जना, बौदीकाली गाउँपालिकाबाट ९० जना र विनयी त्रिवेणी गाउँपालिकाबाट १ सय ४५ जना प्रतिनिधि छनौट हुने छन् । त्यसैगरी ९२ वटा वडाका वडा सभापति पनि स्वत: प्रतिनिधिमा छनौट हुने प्रावधान रहेको छ । वडा अधिवेशनले गाउँपालिकाका वडाहरुमा २६ सदस्यीय वडा समिति र नगरपालिकाहरुको वडाहरुमा ३२ सदस्यीय वडा समिति छनौट गर्ने छ ।

वडाबाटै छनौट भएका प्रतिनिधिहरु नै सहभागी भई नगरपालिका र गाउँपालिका स्तरका अधिवेशन भदौ २७ गते हुने छ । त्यसैगरी असोज १ गते प्रदेश सभा निर्वाचन क्षेत्र स्तरको क्षेत्रीय अधिवेशन, असोज ५ गते प्रतिनिधि सभा स्तरको क्षेत्रीय अधिवेशन हुने छ भने असोज १० गते जिल्ला स्तरको अधिवेशन गर्ने तालिका रहेको नेपाली काँग्रेस नवलपुरले जनाएको छ । नवलपुरबाट ५० जना केन्द्रिय प्रतिनिधि छनौट हुने छन् । प्रदेश प्रतिनिधि भने कति छनौट हुने अझै तय भई नसकेको नेपाली काँग्रेस नवलपुरले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर