एटुजेड मोबाइल हाउसबाट चोरी भएका मोबाइल चितवन प्रहरीले फेला पार्र्यो

शिक्षा

चितवन,

पूर्वी चितवनको टाँडीमा रहेको एटुजेड मोबाइल हाउसबाट चोरी भएका मोबाइल चितवन प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । भदौ १२ गते राति ०१ः४४ बजे एटुजेट मोबाइल हाउसबाट विभिन्न कम्पनीका १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्याप्टप १ थान, घडी ४ थान चोरी भएको थियो । ती समानहरु ६ लाख ३३ हजार बराबरका रहेका मोबाइल हाउसले जनाएको छ । चोरी भएका सबै समानहरु फेला पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीले समान चोरी गर्ने एक जना युवा र एक जना नाबालकलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका ४ स्थायी ठेगाना भएका हाल पूर्वी चितवनकै खैरहनी नगरपालिका– १ ज्यामिरेमा बस्दै आएका २२ वर्षीय कृष्ण तामाङ रहेका छन् । अर्काे व्यक्ति १६ वर्षीय नाबालक भएकाले नाम गोप्य राखिएको एसपी अधिकारीको भनाइ छ ।

उनीहरुले एटुजेट मोबाइल हाउसको तीनतल्ले भवनको भुईंतल्लामा रहेको सटरको ताल्चा रडले फोडी पसलबाट मोबाइल चोरेको पाइएको एसपी अधिकारीले बताए । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम चारी गर्नेलाई ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर