देवचुली वडा नम्बर दुईमा सहमतिमा बन्यो समिति, वडा सभापतिमा कृष्ण बास्ताकोटी चयन ।

शिक्षा


बिबेक भण्डारी ।
नेपाली काग्रेस देवचुली २ ले सर्वसम्मत समिति चयन गरेको छ । देवचुली वडा नम्बर २ का लागि खटिएका निर्वाचन अधिकृत रुद्रप्रसाद चापागाइका अनुसार सहमतिमा वडा र प्रतिनिधि समिति गठन भएको बताए । उनका अनुसार वडा सभापतिमा कृष्णचन्द्र वस्ताकोटी चयन भएका छन । यस्तै उपाध्यका लागि कृष्णप्रसाद शर्मा , भिमबहादुर महतो चयन भएका छन । यस्तै सचिवमा शिवबहादुर घिमिरे चयन भएका छन । सहसचिवका लागि जितबहादुर महतो र भोजबहादुर महतो चयन भएउका छन । यस्तै क्षेत्रीय प्रतिनिधि तर्फ प्रत्यक्ष खुल्लाबाट ६ जना चयन भएका छन जस्मा गंगाधर सुवेदी, गणेश आचार्य,ठाकुरप्रसाद शर्मा, दुपनारायण पौडेल, भेषराज न्यौपाने र यमनाथ वस्ताकोटी चयन भएका छन । प्रत्यक्ष महिला तर्फ ३ जना चयन भएका छन । जस्मा लक्ष्मी बास्ताकोटी, दुर्गा पौडेल र देवीमाया सुबेदी चयन भएका छन । समावेशी तर्फ खसआर्य खुल्ला तर्फ माधव केसी र बिबेक अधिकारी चयन भएका छन । आदिवासीजनजाती खुल्लाबाट लक्ष्मण पंञ्जीयार चयन भएका छन ।

आदिवासी जनताजाती महिलाबाट लिलकुमारी थनेत चयन छन । दलित खुल्लाबाट रेनुका विक, थारु खुल्लाबाट चिनराज महतो,मधेशी खुल्लाबाट होरीलाल ठाकुर र अल्पसंख्यक वा अपाङ्गबाट गोपाल प्रसाद पौडेल चयन भएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर