महामन्त्री शशांक कोइरालाद्धारा नवलपुरबाट उम्मेदवार घोषणा ।

शिक्षा


बिबेक भण्डारी, भदौ २६ नवलपुर ।
नेपाली कांग्रेसका महामन्त्री डांक्टर शशांक कोइरालाले आफ्नो उम्मेदवारी घोषण गर्नुभएको छ । नवलपुरको देवचुलीमा कांग्रेसले आयोजना गरेको विपि स्मृती भवन उद्घाटन कार्यक्रमा महामन्त्री कोइरालाले आफु सभापतिको उम्मेदवार हुने घोषणा गर्नुभएको हो ।

“जसरी गिरिजा प्रसाद कोइरालाले विराटनगरमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो त्यस्तै म नवलपुरबाट घोषाण गर्छु कि सभापति पदको लागि म पनि उम्मेदवार हुँ” महामन्त्री कोइरालाले भन्नुभयो । उहाले कांग्रेस कहिलै नहार्ने पाटि रहेको भन्दै पाटि भित्र आपसमा कुनै कलह गर्ननहुने बताउनुभयो ।

उहाँले देशमा कृषि, पर्यटन र भौतिक पुर्वाधारमा कांग्रेसले विकासका योजना ल्याउने पनि बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सासंद विष्णु लामिछाने कांग्रेसमा अहिले युवाको आकर्षण देखिएको भन्दै पाटिले युवाहरुलाई अवसर प्रदान गर्ने बताउनुभयो । कार्यक्रम बोल्ने अन्यले पार्टिमा गुट र उपगुट मिसाउन नहुने बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर