बिबेक भण्डारी ।
पुर्वपश्चीम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै
पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा ३ जनाको मृत्यु भएको र २७ जना घाईते भएको प्रहरीले जनाएको छ । विहान ४ वजे भएको सो दुर्घटनामा परि २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
मृतकहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परि घाईते भएका उनिहरुको नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ ।