भरतपुर महानगरले दियो भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री, सेवालाई प्रभावकारी बनाउन प्रमुख रेनु दाहालको निर्देशन

शिक्षा

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाखको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्यांकन गरेकी थिइन् । कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामीलाई भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको र उपचारमा धेरै बिरामीहरु ठीक भएको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘त्यो गरिमालाई भरतपुर अस्पतालले जोगाइराख्नुपर्छ ।’ 

कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई सेवालाई अझ बढी प्रभावकारी बनाउन अस्पताल टिमलाई निर्देशन दिएकी थिइन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सांसद गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको र अझ यसलाई झन् प्रभावकारी बनाउनुपर्ने बताइन् । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकास निरन्तर सहयोग भइरहेको बताए । 

कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए । अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए ।
कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो । 

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर