पुटिनको पार्टीले भारी बहुमत ल्याउने अनुमान

शिक्षा

एजेन्सी । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ ।मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ ।

हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको युनाइटेड रुस पार्टीले ४४ प्रतिशत मत हासिल गरिसकेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।रुसी बिपक्षी नेता एलेक्सी नाभाल्निका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि निर्वाचन आयोगका प्रमुखले भने चुनाव धाँधलीपुर्ण भएको भन्ने आरोपको खण्डन गर्दै यो बिपक्षी दलहरुको सुनियोचित प्रचार भएको प्रतिक्रिया दिएका छन् । रुसलाई बदनाम गर्न षडयन्त्रपुर्वक लगाइएको आरोप भएको उनको भनाई छ । मतदानमा रुसी जनताले ४ सय ५० सांसदका लागि मतदान गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर