https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

दशैका लागि आजदेखी नयाँ नोट साट्न सुरु

शिक्षा

दसैंका लागि सोमबार देखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिइलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।


राष्ट्र बैंकका साथै अन्य बैंकले पनि आफ्ना ग्राहकलाई नयाँ नोट सटहीको व्यवस्था गरेका छन् । यसका लागि वाणिज्य बैंकहरूले ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकले जनाएको छ । आफ्ना प्रधान कार्यालय वा अन्य तोकिएका शाखाबाट नयाँ नोट लिन सकिने बैंकहरूले जनाएका छन् ।  राष्ट्र बैंकले आजदेखि राजधानीमा बालुवाटारस्थित कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका कार्यालयबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

नवलपुर चितवनका वित्तीय संस्थाहरुले पनि नयाँ नोट सटहीको तयारी सहित व्यवस्था गरेका छन् ।  केही विकास बैंक र फाइनान्स कम्पनीले समेत नयाँ नोट वितरणको व्यवस्था मिलाइएको जनाएका छन् ।  राष्ट्र बैंकले १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट साट्ने व्यवस्था गरिएको जनाएको छ । बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिइनेछ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर