लागु औषध दुर्वेशनको पिडा डरलाग्दो हुन्छ ।

शिक्षा

बिबेक भण्डारी ।
नवलपुर देवचुली नगरापालिका वडा नम्बर १७ का प्रकाश समशेर मल्ल कुलतमा लागेका युवाहरुलाई लतबाट हटाउने अभियानमा लागेका छन । २८ वर्षका मल्लले अहिले गाउँमै पुनर्जीवन केन्द्र नै स्थापना गरेर लागु औषध दुर्वेशनमा फासेका युवाहरुलाई सुधार गर्न र उनिहरुलाई पहिले कै अवस्थामा ल्याउन लागेका छन । समाजमा लागु औषध दुर्वेशनमा फसेका युवाहरुको संख्या बढ्दै जादाँ उनले पुनर्जीवन केन्द्र स्थापना गरेर युवाहरुलाई सहि मार्ग तर्फ लैजाने प्रयासमा लागेको बताएका छन । २६ वर्षको उमेरमा आफु पनि लागु औषध दुर्वेशनमा फसेको बताएका मल्ल अहिले आफुमा सुधार ल्याएर यो अभियानमा लागेको बताउछन ।

उनि सानै उमेरमा दुर्वेशनमा फसेको र यसबाट छुट्कारा लिन आफु लागु औषध सुधार केन्द्रमा बसेरको सो केन्द्रको कृयाकलापले आफुमा सुधार ल्याएका कारण अन्य अरुमा पनि सुधार आएर समाज परिवर्तनमा लाग्ने प्रेरणा प्रदान गर्न पुनर्जीवन केन्द्र स्थापना गरेको बताउछन ।
उनले संञ्चालन गरेको पुनर्जीवन केन्द्रमा अहिले दश जना छन । त्यहा रहेका मध्ये धेरै युवाहरु नै रहेका छन । विशेष गरेर साथिको लहलहैमा, विछोड, वेरोजगार यावत कारणले लागु औषधको लतमा फसेका युवाहरु अहिले मल्लले संञ्चालन गरेको पुनर्जीवन केन्द्रमा आउने गरेका छन ।


युवा उमेरमा यसरी लतमा फस्नु परिवारलाई मात्र समस्या नभई समाज र राष्ट्रलाई नै यसले असर गर्ने हुदा युवाहरु कुलतमा फस्नु समय खेर फाल्नु र भविष्यमा पछुताउनु नै रहेको भन्दै यस्तो लतमा न लाग्न मल्लले सुभाव दिन्छन ।


मल्लले चालेको यो अभियानले लागु औषध दुर्वेशनमा फसेका विशेष गरि युवाहरुलाई पुर्नर्जीवन मिल्लने गरेको छ । युवा अवस्थाको समयमा यसरी लतमा फस्नु गलत हो । यस्मा लागि सके पछि न त उम्कन नै सकिन्छ नत समाजले हेर्ने दृष्टिकोणमै सकारात्म आउछ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर