बिबेक भण्डारी ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि हुने नगर अधिवेशन लागि रविलाल सापकोटा प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।
यहि असोज १२ गते हुन गइ रहेको नगरको समिति चयनका लागि उम्मेदवारी घोषण गरेका हुन । सभापति रविलाल सापकोटा सहित उप–सभापतिका लागि हरिभक्त भट्टराई, गौरिश्वर न्यौपाने , सचिवका लागि भुपराज पाठक,ईश्वर रेग्मी, सह–सचिवका लागि तनुजा महतो, खेम सारुले उम्मेद्वारी घोषण गरेका हुन । कार्यक्रममा बोल्दै सभापतिका लागि उम्मेदवार रविलाल सापकोटाले कांग्रेस पार्टिलाई चलायमान र पार्टि अनुसासनलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
उहाले अधिवेशनका लागि सहमतिमा जान खोज्दा खोज्दै पनि चुनावमा जानुपर्दा दुखलागेको बताउनुभयो ।