बिबेक भण्डारी ।
देवचुली नगरपालिकामा कांग्रेस १४औँ महाधिवेशनका लागि हुन गइ रहेको नगर अधिवेशन आजबाट सुरु भएको छ । देवचुलीका लागि खटिएका निर्वाचन अधिकृत सुबास भुषालका अनुसार आज ११ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजेबाट २ बजे सम्म मनोनयन दार्ता, ५ बजे सम्म उम्मेदवारी फिर्ता गर्न सकिने जनाइएको छ । अधिकृत भुषालका अनुसार सहमति हुन नसकेमा १२ गते विहान ९ बजेदेखी २ बजे सम्म दलदले साहारा पार्टी प्यालेसमा निर्वाचन हुने जानकारी दिनुभयो ।
गैडाकोट
उता गैडाकोटमा विहान ७ बजेबाट नै अधिवेशनको प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत विष्णुप्रसाद रिजालको भनाइ छ । विहान ७ बजेबाट मतदाता नामावली प्रकाशन, ८ बजे नामावली माथि दावी विरोध, ९ बजे अन्तिम नामावली प्रकाशन, ११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन, अपरान्ह ४ बजे दाबीविरोध, ५ बजे अन्तिम नामावली प्रकाशनको तयारी रहेको निर्वाचन अधिकृत रिजालले बताउनुभयो । असोज १२ गते मंगलबार विहान पौने ८ बजेबाट मतदान पक्रिया सुरु हुने गरि तयारी गरिएको निर्वाचन अधिकृत रिजालले बताउनुभयो । अधिवेशन कार्यक्रम गैँडाकोट ५ काँग्रेस चोकमा रहेको पार्टीको कार्यालयमा हुनेछ । अधिवेशनबाट ४ सय ७८ जनाले नगर समिति चयन गर्नेछन् ।
कांग्रेस नगर अधिवेशन : देवचुली र गैडाकोटमा निर्वाचनकालागि यस्तो हुदै छ तयारी
