देवचुली नगरपालिकाको नगर सभापतिमा डिल्लीराम कडरिया

शिक्षा

देवचुली,

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत देवचुली नगरपालिकाको नगर सभापतिमा डिल्लीराम कडरिया विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्दी रविलाल सापकोटालाई गोलाप्रथाबाट पछि पार्दै विजयी हुनुभएको हो ।

आज भएको निर्वाचनमा दुवै उम्मेदवारको मत बरााबर भएपछि गोलाप्रथा गरिएको हो । दुवै उम्मेदवारले समान १ सय ४७ मत प्राप्त गरेका थिए ।

यससँगै उपसभापति पदमा हरिभक्त भट्राई १ सय ५८ मतका साथ र भोजेन्द्र बहादुर रायमाझी १ सय ३७ मतका साथ विजयी भएको छन भने सचिवमा भुपराज पाठक १ सय १७ मतका साथ र सुन्दर पाण्डे १ सय ३० मतका साथ विजय भएका हुन ।
त्यस्तै सहसचिवमा खेम सारुले १ सय ६५ मत प्राप्त गरेका थिए भने अर्की उम्मेदवार तनुजा महतो चौधरीले २ सय ३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर