चन्द्रा महतो ।
नवलपुर , असोज १२ । जितिया पर्वलाई थारु समुदायको महिलाहरूले एक महान सांस्कृतिक पर्वको रुपमा लिने गर्दछन् । जितियामा थारु महिलाहरुले जितवाहनको नाममा व्रत बस्छन भने सामुहिक रुपमा झाम्टा नाच नाच्दै रमाइलो गर्दछन् ।
के हो जितिया पर्व ?
जितिया पर्व ठाउ अनुसार फरक फरक तरिकाले मनाएता पनि थारु पहिचान र संस्कृतिसंग जोडिएको छ । त्यसो त जितिया पर्व अश्विन कृष्ण पक्षको सप्तमी , अष्टमी र नवमी गरि तिन दिन सम्म मनाउने चलन रहेको छ । जितिया पर्व धार्मिक , सांस्कृतिक मात्र नभई प्राकृतिक दृष्टिकोणमा पनि लिइएको छ। त्यस्तै जितिया पर्व भाइचारा ,समानता , विजयीको प्रतिकको रुपमा लिएको छ ।
जितियाको पहिलो दिन
जितिया पर्व तीन दिन सम्म मनाइने पहिलो दिनलाई मछुवारी साथै लहा खैना दिन पनि भनिन्छ । यश दिन सबेरै नदि ताल तलैया लगाएका जलासयमा गयी चोखो निष्ठ हुने चलन रहेको छ । ब्रतालुहरुले नुहाउदा आफुले प्रयोग गरेका पिना चिलो दिदी र सिरो बैनिले पनि व्रत बसुन भनी कुनै पातमा पिना दिने चलन रहेको छ । बेलुका डटकट (दर ) खाने चलन रहेको छ । ब्रतबस्दा शरीरलाई तागतमिलोस भनेर पनि चिचर , माछा डटकट खाने गरिन्छ । कोहि सकहारी खाना खाने पनि गर्दछन् ।
दोस्रो दिन ( जितिया व्रत )
दोस्रो दिनलाई जितिया पर्वको महत्त्वपूर्ण दिन मानिन्छ । यस दिन सबेरै ब्रतालुहरु जलाशयमा गयी नुहाउने गर्दछन् । बेलुका कथा सुन्नको लागि धानको गाबा ( गावा ) लिन खेत तिर जान्छन् । पञ्चकन्याद्वारा गाजहालेको ( नपासीएको धानको गावा) लिने चलन रहेको छ । “ एक कनैया मिली गावा जे उखारे , हरे बैसे बैसे अनपुरना बहसदेवी हमराके काथा सुनावे आही रे …. । ) भन्दै एक कनैया , दुई कनैया विजोर संख्या सम्म गाउने र धानको पात गाठो पार्ने चलन रहेको छ । धानको गावा लिए पछि ब्रतालुहरु बेलपत्र ( बेलक पाता ) टिप्न जान्छन् । बेलपत्र टिप्दा पनि झाम्टा पारे र गित गाउने गरिन्छ । “ एक खुट गडलीकि दुई खुत गडली जनीर हो न ..बेलरी तर दुगरलरी जाई बेलरी तर …।“ गित गाउने गरिन्छ । झाम्टा र गित गाए पछि मात्र बेलपत्र टिप्ने गरिन्छ ।
टिपेको बेलपत्र धनु ( धनहि ) बनाउने गरिन्छ । धनही बनाउदा कति दाजु भाइ छन् ? सोहि अनुरुप प्रत्येकको लागि एउटा र भगवान जितवाहनको लागि एउटा धनही बनाउने चलन रहेको छ । पुजाको लागि जाकुरी ( मास ) भिजाएर ब्रतालुहरु गाउका सबै जम्मा भएर झाम्टा नाचदै र झाम्टा गित गाउदै रमाउलो गर्दछन् । दुखसुखका कुरा , पौराणीक , मौलिक विषयलाई समेटिएका गित गाउदै निराहार व्रत बस्ने चलन रहेको छ । बेलुका भए पछि पुन जलासयमा गएर नुहाउने गर्दछन् । त्यस्पछि गाउका सबै ब्रतालु एकठाउमा जम्मा भएर कथा सुनने तयारीमा लाग्छन् । कथा सुन्नको लागि पाकड ( एक बनस्पति बिरुवा ) , धानको गावा लगाएत पुजा सामाग्री राखिन्छ र झाम्टा पार्दै गित गाउछन् ।
झाम्टा र गित पछि कथा सुनाउन आग्रह गर्दै बदहा गित गाउने चलन रहेको छ । बदहा गित गाउदा धानको गावालाई विच्चमा राखि मदहा गाउने गरिन्छ । र थारु गुरोद्धारा जितिया व्रत कथा सुरु हुन्छ । जितिया ब्रत कथा पनि दुई भागमा बाडिएको छ । पहिलोमा जितवाहनको कथा र दोस्रो भागमा सत्यको पक्षमारहेकी चिलो दिदी र असत्यको पक्षमा रहेकी सिरो बहिनीको कथा रहेको छ ।
जितिया पर्वको महत्वपूर्ण पाटो मा जितिया व्रत कथा लाई लिने गरिन्छ । जुन कथा अनिवार्य ब्रतालुले सुन्नु पर्ने रहेको छ । जितिया व्रत कथाले सत्यको पक्षमा लागे अवस्य सफलता मिल्ने सन्देश दिन्छ । सोहि अनुरुप थारु समुदायका विशेष त महिलाहरुले निष्ठाका साथ व्रत बस्ने गर्दछन् ।
जितियाको तेस्रो दिन ( पारन करना )
जितिया पर्वको तेस्रो दिन अथात अन्तिम दिनलाई थारु समुदायले पारन करना दिनको रुपमा लिने गर्दछन् । ब्रतालु महिलाहरु पुजाका सामाग्री लिएर जलाशयमा जान्छन् । नुहाइ सके पछि अघिल्लो दिन भिजाएको जाकुरी र पानी बाट पारन गर्दछन । श्रद्धा र निष्ठाका साथ निराहार व्रत बसेको कामना पुराहोस भन्दै पारन गरिन्छ । पारन गरे पछि दाजुभाइ र जितवाहनको नाममा बनाएको धनही लगाएतका पुजा सामाग्री चढाउने गरिन्छ । विधिपूर्वक पारन गरे पछि फलहार ( फरहर ) गरि जितिया पर्वको व्रत सम्पन्न हुन्छ ।