सुरेन्द्र भट्ट ।
सरस्वती नमुना माध्यमिक विद्यालयले विद्यालयको प्रगतिविवरण सार्वजनिक गरेको छ । शुक्रवार विद्यालयमा पत्रकार सम्मेलन गर्दे विद्यालयले हाल सम्म गरेको प्रगतिबारे जानकारी गराएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण शर्माको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले विद्यालयको भावि योजना र हाल लागु भएका विद्यालय प्रगतिबारे प्रष्ट पार्नुभएको थियो ।

उहाँले सरस्वती नमुना मा वि नमुना विद्यालय भए पछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुले थप सुबिधा पाएको बताउनुभयो । विद्यालयले गरेका राम्रा पक्ष अन्तरगत शैक्षिक कार्यमा आवस्यक पर्ने सबै स्रोतसाधनको व्यवस्था विद्यालयमा रहेको बताउनुभयो । उहाले विद्यालय प्रविधिलाई पछ्याउदै विद्यालय हाता भित्र सिसि क्यामेरा जडान संगै विद्यालयमा नो जंक फुड अभियान संञ्चालन गरेको जानकारी दिनुभयो । विद्यालयले भविष्यमा प्राविधिक धारतर्फ कक्षा संञ्चालनका लागि अध्ययन कार्य भइ रहेको बताउनुभयो । २०३२ सालमा कावासोती चारमा स्थापना भएको उक्त विद्यालयमा हाल १ हजार ४६ जना विद्यार्थिहरु अध्ययन गरि रहेका छन । २०७१ सालमा जिल्ला तृतीय र २०७१ सालमा जिल्ला द्धितीय समेत भएको विद्यालयले जनाएको छ ।
यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण शर्माले विद्यार्थिहरुको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिले कार्य गरि रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा विद्यालय भवन निर्माण समितिका पदाधिकारी, अभिभाव लगाएतको सहभागिता रहेको थियो ।