कावासोती ।
ईको टुरिजम यूथ क्लव पुर्बी नवलपरासीको आयोजनामा सम्पन्न जिल्ला स्तरीय झमटा प्रतियोगीतामा नारिकल्याण महिला समुह मध्यबिन्दु ४ मदनपुरले प्रथम स्थान हासिल गरेको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा कावासोती १७ अमलटारीमा गत असोज १२ गते मौसम खरावीका कारण स्थगित कार्यक्रम बिहिबार सम्पन्न भएको आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगितामा दिपशिखा महिला बचत समुह मध्यबिन्दु २ चनौलीले दोस्रो , जागृति घाँस बिकास महिला समुह कावासोती १४ कोट्टाँडिले तेस्रो स्थान हासिल गरेका छन् भने कोपिला दिदि बहिनि महिला समुह कावासोती १७ गोछडाटार र शेरगँन्ज झमटा समुह कावासोती १५ शेरगन्जले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित नगद रु १२ हजार , द्वितियलाई रु ८ हजार , तृतियलाई रु ५ हजार र सान्त्वनालाई रु २ हजार ५ सय
पुरस्कारको ब्यवस्था गरिएको आयोजक इको टुरिजम यूथ क्लवलका अध्यक्ष मान महत्तोले जानकारी दिनुभयो ।
थारु इको टुरिजम बेस्ट फोटो प्रतियोगितामा सृष्टी चौधरी प्रथम
थारु इको टुरिजम बेस्ट फोटो प्रतियोगिता २०७८ तर्फ चितवन भण्डाराकी सृष्टी चौधरी पहिलो , कावासोती १५ गोडार नवलपुरकी रुपा महतो दोस्रो र चितवन भरतपुरकी अन्जली चौधरी तेस्रो भएकी छिन् ।
सम्पुर्ण प्रतियोगितामा थारु महिला सभा केन्द्रीय सदस्य हरिमाया महतो , थारु महिला सभा जिल्ला उपाध्यक्ष रोम कुमारि महतो , गुठि संस्थान जिल्ला सचिव पतिराम थनेत र थारु रौरा डिल्लि राम महतोले निर्णायक भुमिका निभाएका थिए । झामटा प्रतियोगितामा जिल्लाभित्र रहेका २७ अटा थारु महिलाहरुको समुहरुले सहभागीता जनाएका थिए । वर्तमान समाजमा थारु समुदायको सांस्कृतिक धरोहरलाई जिवन्त राख्न र आफ्नो संस्कृतिप्रति सकारात्मक धारणा जगाउन प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका संयोजक मान महतोले बताउनु भएको छ ।
प्रतियोगिताको समापन समारोहमा जित नारायण गुरौको अध्यक्षता र प्रतिनिधि सभा सदस्य तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी प्रदेश सभा सदस्य बिष्णु लामिछाने ,थरुहट थारुवान राष्ट्रिय मोर्चा सल्लाहकार – गणेश मान महतो ,था क स केन्द्रीय सदस्य बिरेन्द्र चौधरी , थारु गुरौ जिल्ला उपाध्यक्ष मान बहादुर थारु, कावासोती नगरपालिका। वडा न १७ का वडा अध्यक्ष छविलाल महतो , कावासोती १५ न वडा अध्यक्ष देब नारायण महतो लगायतको विशेष आतिथ्यता रहेको थियो ।