https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

नेकपा एमाले कम्युनिष्ट नीतिबाट च्यूत हुदा विद्रोह अपनायो : केशवलाल श्रेष्ठ

शिक्षा

नवलपुर ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठले नेकपा एमाले कम्युनिष्ट नीति, सिद्धान्त र विचारबाट च्यूत हुँदै गएपछि विद्रोह गर्नुपरेको बताएका छन् । नेता श्रेष्ठले अवको समाजवादी यात्राको नेतृत्व र कम्युनिष्ट पार्टीको मोर्चा सम्हाल्ने अभिभारा नेकपा एकिकृत समाजवादीको हुने समेत दावी गरे ।

सोमवार नवलपुरमा पार्टी कार्यालय उद्घाटन गर्न आएका नेता श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रममा बोल्ने क्रममा केपी शर्मा ओली प्रतिनिधि सभा विघटनदेखि पार्टीमा समेत स्वेच्छाचारी हुँदा र हुकुमी शासन मौलाउँदा राजनैतिक घटनाले नयाँ दिशा र नयाँ मोड लिएको बताए । उनले एमालेमा फरक मत राख्नेलाई सिद्धाईदिने अवस्था आउँदा एमाले नै सिद्धिन लागेको टिप्पणी गरे । संघीय सरकारमा अहंकारले दुई तिहाईबाट प्रतिपक्षीमा पुगेको छ । प्रदेश सरकार सवै गुम्ने स्थितिमा छ ।

श्रेष्ठले प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा छुट्याईएको भन्ने समाचार निराधार रहेको बताएका छन् । पार्टी जिल्ला अध्यक्ष शालिकराम भटराईको अध्यक्षतामा भएको कार्यालय उद्घाटन तथा पत्रकार भेटघाट कार्यक्रममा पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर