देवचुली कलेजमा थप चार कोठे भवन निर्माण हुदै, मेयर श्रेष्ठद्धारा शिलन्यास

शिक्षा


बिबेक भण्डारी ।
देवचुली कलेजको चार कोठे भवन शिलन्यास गरिएको छ । सोमवार एक कार्यक्रमको अयोजना गर्दे देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा निर्माण हुने भवनको शिलन्यास गरिएको हो । विश्व विद्यालय अनुदान आयोगबाट आर्थिक वर्ष २०७७÷०७८ भवन निर्माण शिर्षकमा उक्त भवननका लागि रकम प्राप्त भइ भवन निर्माण गर्न लागिएको कलेजका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो ।

आयोजित शिलन्यास कार्यक्रमका प्रमुख अतिथि रहनुभएका पूर्णकुमार श्रेष्ठले देवचुली कलेजले यस क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न सहज पुर्याएको बताउदै अब निर्माण हुने भवनमा बसेर अध्ययन गर्दा थप सुविधा हुने भन्दै शुभकाना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा वडा नम्बर १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, वडा सदस्य मिनु विक, देवचुली माध्यमिक विद्यालयका अध्यक्ष सुर्य न्यौपाने, सामुदायिक प्राकृतीक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटा, चिकित्सालयका सचिव प्रदिपराज घिमिरे , चारकोठे भवन निर्माण समितिका संयोजक ललितबहादुर बोहोरा, कलेजका प्राध्यापक लगायतको सहभागिता रहेको थियो । कलेजले निर्माण गर्न लागेको चारकोठे भवनको र कलेजले आगामि दिनमा शिक्षा क्षेत्रमा पुर्याउने योगदान बारे र सामुदायिक कलेजको विषयमा कलेजका प्रमुख राजन गौतमले प्रष्ट पार्नुभयो ।

यस्तै कलेजका अध्यक्ष बाबुराम पौडेलले कलेजमा निर्माण हुन लागेको नयाँ भवनका लागि ५० लाख रुपैया बजेट रहेको बताउनुभयो । उहाँले पहिलो किस्ताबाापत २५ लाख रकम आएको र बाँकी २५ लाख आउन बाँकी रहेको जानकारी गराउनुभयो ।

उद्घाट कार्यक्रम शिवहरी पौड्यालले संञ्चालन गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर