गैँडाकोट ।
नेकपा एमालेको गैँडाकोटमा १३ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै २ वटा वडामा आज स्थगित भएका छन् भने अन्य वडामा भोली र पर्सी गर्ने यसअघि नै तय भएका थिए । नगर अध्यक्ष लामिछानेका अनुसार गैँडाकोट १ को अध्यक्षमा भरत अधिकारी चयन हुनुभएको छ । गैँडाकोट २ मा अधिवेशन चलिरहेको छ। गैँडाकोट ३ को अधिवेशन भोली हुनेछ । त्यस्तै गैँडाकोट ४ को अध्यक्षमा नवराज पौडेल, गैँडाकोट ५ को अध्यक्षमा बिष्णुप्रसाद सापकोटा, गैँडाकोट ६ को अध्यक्षमा खिमानन्द सापकोटा, गैँडाकोट ७ को अध्यक्षमा मोती ढुङ्गाना चयन हुनुभएको छ । गैँडाकोट ८ र गैँडाकोट १० को अधिवेशन आज स्थगित भएको छ ।
गैँडाकोट ९ को अध्यक्षमा जयराम कंडेल, गैँडाकोट ११ को अध्यक्षमा गुरुप्रसाद पौडेल, गैँडाकोट १२ को अध्यक्षमा शोभाखर सुवेदी, गैँडाकोट १३ को अध्यक्षमा ऋषिराम गौतम, गैँडाकोट १४ को अध्यक्षमा प्रकाश हमाल, गैँडाकोट १५ को अध्यक्ष सरिता गुरुङ, गैँडाकोट १६ को अध्यक्षमा रामकुमार पाण्डे र गैँडाकोट १७ को अध्यक्षमा बुद्धि गिरी चयन हुनुभएको छ । गैँडाकोट १८ को अधिवेशन भने पर्सीलाई तोकिएको छ ।
गैँडाकोटमा ९ गते नगर अधिवेशन हुँदैछ । १५ गतेभित्र नगर अधिवेशन सक्ने गरि केन्द्रीय निर्देशन अनुसार अधिवेसनको तयारी चलिरहेको छ ।