हुप्सेकोट गाउँपालिका २ मा आधारभुत स्वास्थ्य केन्द्रको सेवा शुरु

शिक्षा

हुप्सेकोट

हुप्सेकोट गाउपालिका वडा नम्वर २ मा सोमबार देखि आधारभुत स्वास्थ्य केन्द्र आफ्नै भवनवाट सञ्चालनमा आएको छ । अस्थाई रुपमा सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माण गरि सोमवार देखि सेवा सुरु गरिएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सोमवार एक कार्यक्रमका विच आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्ध्घाटन गर्नुभएसंगै आफ्नै भवनबाट सेवा संचालनमा आएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्य केन्द्र कार्यक्रम अन्तरगत वडामा यस अधि नै आधारभुत स्वास्थ्य केन्द्रको सेवा संचालन गरिएको थियो । आज भने आफ्नै भवनबाट सेवा संचालनमा ल्याईएको हो । गाउँपालिकामा ४ वटा आधारभुत स्वास्थ्य केन्द्र र तिन वटा स्वास्थ्य चौकी संचालनमा रहेको छ ।

आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको हुदा आफ्नै गाउँठाउमा आएको सेवालाई सबैले सहज रुपमा स्वास्थ्य सेवा लिनको लागि आग्रह गर्नुभयो । वडा नम्बर २ को पहाडी क्षेत्रको केन्द्रमा पर्ने भएको हुदा गुहेरीमा भवन निर्माण गरी सेवा सुचारु गरेको बताउदै अध्यक्ष पाण्डेले सबैले स्वास्थ्य सेवा लिनेमा विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यमा समस्या देखा परेमा समयमै स्वास्थ्य केन्द्रमा गएर सल्लाह सुझाव लिन र मानिसको धन भनेको नै स्वास्थ्य भएको हुदा स्वास्थ्यको ख्याल राख्न सरसफाईमा पनि ध्यान दिनको लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल, लेखा अधिकृत राजेन्द्र रेग्मी, स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटा सहित स्थानियहरुको उपस्थिती रहेको थियो ।

२०७५ सालमा शिलन्यास गरिएको भवन विविध कारणले गर्दा ढिला भएकोमा अहिले निर्माण सम्पन्न भएपछि भवनको उद्ध्घाटन गरिएको हो । कर्मचारी दरवन्दी सहित ८५ लाखमा भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर