बिबेक भण्डारी , नवलपुर ।
अहिलेको परिवेशमा प्राकृती उपचार महत्वपुर्ण रहेको महानायक राजेश हमालले बताएका छन । मंगलवार प्राकृतीक चिकित्सा पद्धतीबारे जानकारी लिन नवलपुरको रजहर आएका महानयक हमालले प्राकृतीक चिकित्सा पद्धती अपनाएकाहरु शारिरीकरुपमा स्वस्थ्य र उनिहरुको खानपान व्यवस्थापनमा उपयोगि तुल्याएको कारण प्राकृतीक चिकित्सा बारे आफुलाई जान्न र बुझ्न मन भएका कारण चिकित्सालयमा आएको बताए ।
सोमवार नवलपुर आएका हमालले सोमवार सामान्य जानकारी लिए पश्चात मंगलवार केहि उपचारका पद्धतीमा समेत सहभागि भएका थिए । “प्राकृतीक शरिरलाई प्राकृतीकपद्धती बाटै उपचार गराउन सकिन्छ भने किन न गर्ने” महानायक हमालले भने । प्राकृतीक उपचार बारे आफुले बुझ्दा रोग नलागेका व्यक्तिहरुले पनि उपचार लिन सकिने हुदा यो उपचारपद्धतीले शारिरीक स्वस्थ्यतालाई थप बलियो बनाउन भुमिका खेल्ने हुदा प्राकृतीक चिकित्सा आवस्यक रहेको बताए । “रोग लागेरै उपचार गराउनुपर्छ भन्ने रहेन छ, मैले बुझ्दा रोग नलागेका र आफ्नो शरिरलाई थप स्वस्थ्य बनाउन चाहनेले पनि यो उपचार अपनाउन सक्ने रहेछ” हमालले भने । कोभिड महामारिमा करिब ९ सय जनाको सफल र उत्कृष्ट सेवा प्रवाह गरेकोमा चिकित्सालयको मुक्त कंठले प्रशंसा गर्नु भयो ।
आफुले सामान्य उपचार पद्धती अपनाएको बताउदै महानायक हमालले केहि समयमा परिवार संगै प्रकृतीक उपचार लिन आउने बताए । शिक्षा, स्वास्थ्य र रोजगारलाई राज्यले प्राथमिकता दिनुपर्ने दायित्व नै भएको भन्दै राज्यले स्वास्थ्य अन्तरगत प्राकृतीक उपचारलाई पनि ध्यान दिनुपर्ने बताए । राज्यले प्राकृतीक उपचारलाई प्रोत्साहन गर्ने हो भने अन्तराष्ट्रि छवि प्रदान गर्न सक्ने बताउदै सरकारले यस्लाई हेल्थ टुरिजम् संग टाईप गर्न सके हाम्रो मौलिक चिकित्साको प्रबर्धन भै अर्थ तन्त्रमा सकरात्मक र रचनात्मक फाईदा पुग्ने बताए । महानायक हमाललाई चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री, व्यवस्थापक हरि सपकोटाले चिकित्सालय र उपचारपद्धती बारे जानकारी गराएका थिए ।