बिबेक भण्डारी ।
नवलपुर उद्योग संघले कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते नवलपुरमा आयोजना गरेको गोष्ठिले नवलपुरमा रहेका साना तथा ठुला उद्योगको विकासका लागि अल्पकालिन तथा दिर्घकालिन कार्ययोजना समेत तयार बनाएको उद्योग संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गइएको थियो । पत्रकार सम्मेलनमा उद्योग संघका अध्यक्ष केवि रानाले दुई दिन सम्म आयोजना गरिएको गोष्ठिले कोभिडका कारण जिल्लामा संञ्चालनमा रहेका उद्योगहरुलाई ठुलो समस्या पारेको बताए । उनले उद्योगमा कोभिडले पारेको असरका कारण उद्योगले उत्पादनको वितरण प्रणालीमा सामस्या सिर्जना भई उद्योगहरु अति न्युन क्षमतामा मात्र संञ्चालन रहेको जानकारी गराए । जिल्लाबाट भारत,चिन र नेपालका विभिन्न क्षेत्रका करिव ५ हजार मजदुर नवलपुरबाट बाहिरीएको बताए । यस्तै संघले अल्पकालिन योजना बनाएको छ । यस योजनामा संस्थागत विकास, उद्योगिक विकास र सामाजिक विकासमा रहेर कार्य गर्ने योजना समेत बनाएको छ ।
यस्तै दिर्घकालिन योजना समेत संघले बनाएको छ । पत्रकार सम्मेलनमा उद्योग, कर्मचारी र मजदुर विचको सम्बन्ध र वेरोजगारलाई उद्योगमा रोजगारको योजनाहरु समेत तयार पार्ने योजनामा रहेको जानकारी गराइएको छ ।