बिबेक भण्डारी ।
देवचुली नगरपालिका केउरेनीमा यो वर्ष पनि एकादशी धार्मिक मेला आयोजना गर्ने भएको छ ।
बुधवार एकादशी धार्मिक मेला आयोजक समिति दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले पत्रकार सम्मेलन आयोजना गर्दे यहि कार्तिक २७,२८ र २९ गते केउरेनी स्थीत नारायणि किनारमा आयोजना गर्ने जनाएको छ । वनका अध्यक्ष देवीलाल सापकोटाको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेला संयोजक सुवास ओझाले मेला आयोजना बारे प्रष्ट पारेका थिए । उनले तिन दिन सम्म आयोजना गर्न लागिएको मेलाका लागि तयारी तिब्र पारेको बताए । यस्तै संयोजक ओझाले मेलामा एक सय स्टल रहने बताए ।
स्टल राखेबापट व्यवशायिले तिन हजार रुपैया तिर्नुपर्ने बताए । एकादशी धार्मिक मेलामा आउने भक्तजनहरुको सुरक्षाका लागि सबै प्रबन्ध मिलाइने बताए । उनले गत वर्ष भन्दा यो वर्ष मेलालाई व्यवस्थीत बनाइने समेत बताए । पत्रकार सम्मेलनमा पत्रकारहरुले मेलामा बालमैत्री र अपागं मैत्री हुन आवस्यक रहेको बताउदै यस विषयमा आयोजक गम्भिर रहेको समेत बताए । उनले राष्ट्रिय निकुञ्ज क्षेत्र रहेकाले निश्चित समय सिममा सम्म मेला आयोजना गर्ने र निकुञ्जमा असर पर्ने गरि कार्यक्रम आयोजना नगर्ने बताए । ढुण्डीराज केसीले सहजिकरण गरेको पत्रकार सम्मेलनमा दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवीलाल सापकोटाले वनको बारेमा जानकारी गराएका थिए ।