चौधरी उद्योग प्रशासन र स्थानियको वार्ता मिल्यो, आठ घण्टापछि मुल गेटको ताला खोलियो ।

शिक्षा


बिबेक भण्डारी ।
चौधरी उद्योग ग्राम देवचुली दुम्कौलीमा लागेको ताला आठ घण्टा पछि खोलिएको छ । चौधरी उद्योगले बस्तीमा वातावरणीय असर पुर्याएको भन्दै स्थानियले गरेको विरोध कार्यक्रम फिर्ता लिए पछि ताला खोलिएको हो । उद्योग प्रशासन र विरोधमा उत्रिएका स्थानिय बिच करिब तिन घण्टाको वार्ता पछि उद्योगको मुल गेटमा लागाईएको ताला खुलेको हो । सी जी आई पी भित्र वैकल्पीक रुपमा मात्र प्रयोग हुदै आएको १०टनको भुसे व्वाइलरमा आएको प्राबिधिक त्रुटीले समस्या देखिएको र उक्त १०टनको भुसे व्वाइलर प्राविधिक रुपमा पुर्ण रुपमा मर्मत नभए सम्म संञ्चालनमा नल्याउने सहमति भए पछि स्थानियले विरोध कार्यक्रम फिर्ता लिएको देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले बताए ।

यस्तै वार्ता पछि देवचुली वडा नम्बर २को वातावरण समितिले १०टनको भुसे व्वाइलर पुर्णरुपमा ठिक भए नभएको अनुगमन गरि संञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । स्थानियको विरोध पछि देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठको समेत उपस्थीति रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर