बिबेक भण्डारी ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ ।
नलपुरका सडकहरु विहानै देखि सुनसान रहेका छन् जिल्लामा निजी यातायातका साधन छिटफुट संञ्चालन भए पनि सार्वजनिक यातायात भने ठप्प रहेका छन् । यस्तै शैक्षिक संस्थाहरु प्नि ठप्प छन ।
जिल्लाको मध्यविन्दु र कावासोतीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरु सडकमै उत्रिएर विरोध गरेका थिए ।