कांग्रेस महाधिवेशनले लोकतन्त्रवादीको ध्यान केन्द्रित गरेको छ : कृष्णचन्द्र पोख्रेल नेपाली

शिक्षा

बिबेक भण्डारी ।
लोकतन्त्रवादीको ध्यान केन्द्रित गर्न कांग्रेसको महाधिवेशन अन्तरर्गत चलेको चुनावले ठुलो भुमिका खेल्ने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलले बताउनुभएको छ । शुक्रवारदेखी सुरु भएको प्रदेश सभा क्षेत्री अधिवेशन अवलन गर्न गर्न गृह जिल्ला नवलपुर आउनुभएका मुख्यमन्त्री पोख्रेलले पत्रकारहरुलाई नेपालकै इतिहासमा जबजब नेपाली काग्रेसको महाधिवेशन हुन्छ तब देश भित्र र बाहिरका सबै लोकतन्त्रवादीहरुको ध्यानाकर्षण हुने बताउनुभयो । नेपालको मुख्य लोकतान्त्रिक पार्टि कांग्रेस रहेको कारण पनि यो चुनाव लोकतान्त्रीकहरुका लागि रहेको बताउनुभयो ।


उहाले प्रदेश भरि चलेको चुनाव शान्तिरुपमा चलेको बताउनुभयो ।
पार्टीको १४औँ महाधिवेशन अन्तर्गत नवलपुरको २ निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी ४ प्रदेशसभा क्षेत्रमा निर्वाचन भएको कांग्रेस नवलपुरका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता गोविन्द सिग्देलले जानकारी दिनुभयो ।

नवलपुरका ९२ वडा र ८ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । नवलपुरमा यही मङ्सिर ६ र ७ गते क्षेत्रीय अधिवेशन र १० र ११ गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर