बिबेक भण्डारी, नवलपुर ।
विभिन्न जातजातीका खानाबारे जानकारी गराउने उद्देश्यले पुस आठ गते नवलपुरमा खाना महोत्सव आयोजना हुने भएको छ ।
नवलपुर होटल व्यवशायि संघले विहिवार पत्रकार सम्मेलन गरि आठ गते देखि १७ गते सम्म कावासोतीमा महोत्सव आयोजना हुने बारे जनाएको हो । नवलपुरको पर्यटन विकास र यहाँका जातजातिको खानाको महत्वबारे जानकारी गराउने मुख्य उद्देश्यले खाना महोत्सव आयोजना गर्न लागिएको नवलपुर होटल व्यवशायि संघका अध्यक्ष सन्तोष रानाले जानकारी गराउनुभयो ।
महोत्सवले कोभिडका कारण लगानि गुमाएका व्यवशायिहरुलाई पनि मद्दत गर्ने बताउनुभयो । २ सय स्टल रहने महोत्सवमा २ करोड बढिको कारोवार हुने अध्यक्ष रानाले बताउनुभयो ।