बिबेक भण्डारी ।
चाइना स्टेट कन्ट्रक्सनले सामाजिक उत्तर दायित्व अन्तरर्गत कार्यक्रम सुरु गरेको छ । कोभिड अघि देखि चाइना स्टेट कन्ट्रक्सने सामाजिक उत्तर दायित्व अन्तरर्गत रहेर नवलपुरको विभिन्न स्थानमा रहेका विद्यालय तथा सामाजिक क्षेत्रमा सहयोग हस्तान्तरण गर्दै आएको जनाएको छ । आइतवार चाइना स्टेटले नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर वडा नम्बर ६ मा रहेको दुर्गा आधारभुत विद्यालयमा एक लाख ३० हजार बराबरको खेलकुद सामाग्रि प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपलाल भण्डारीको अध्यक्षतामा एक कार्यक्रम नै आयोजना गरि चाइना स्टेट कन्ट्रक्सनले विद्यालयलाई खेलकुद सामाग्रि प्रदान गरेको हो । उक्त कार्यक्रममा चाइना स्टेट कन्ट्रक्सनका सि ओ मिस्टर युचान , मिस्टर चेन , मिस्टर जाँग नेई वेई र राकेश झा उक्त खेलकुद सामाग्रि विद्यालयका प्रध्यानाध्यापक कर्णबहादुर थापालाई हस्तान्तरण गरेका हुन । बुटवल नारायणगढ सडक निर्माणको जिम्मा पाएको उक्त कन्ट्रक्सनले सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ नवलपरासी र नवलपुरका विभिन्न क्षेत्रमा सहयोग एवंम सामाजिक उत्तर दायित्व अन्तरर्गत कार्य गरेको चाइना स्टेट कन्ट्रक्सन तर्फबाट राकेश झाले बताए ।
चाइना स्टेट कन्ट्रक्सनले सडक निर्माण संगै विपन्न अवस्थामा रहेका विद्यालयहरुलाई आवस्यक सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपलाल भण्डारीले धन्यवाद व्यक्त गरे ।
यस्तै विद्यालयका लागि चाइना स्टेट कन्ट्रक्सनले गरेको सहयोग महत्वपुर्ण भएको भन्दै सडक संगै सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गरेर विद्यालयलाई आवस्यक सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे ।
चाइना स्टेट कन्ट्रक्सनका तर्फबाट इश्वर भट्टराईले कार्यक्रमको संयोजक गरेका थिए । संयोजक भट्टराईका अनुसार यस अघि चाइना कन्ट्रक्सनले कोहुल्वामा रहेको अरविन्द आश्रम , गैडाकोटको जनक मावि र मध्यविन्दु चोरमाराको दुर्गा आधारभुत विद्यालयमा कार्यक्रम आयोजना गरेको जनाएको छ ।