ज्ञानु पंगेनी कावासोती , मंसिर १२ गते
बाघको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिनयी त्रिवेणी गाउँपालिका एक घुम्टी बस्ने ६५ वर्षका जित बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार शनिबार दिउँसो दुई बजेको समयमा घरबाट बाहिर निस्किएका बिक साँझ अबेरसम्म पनि घर नआएपछि आईतबार आफन्त र प्रहरीले खोजी गर्नेक्रममा सोही स्थान स्थीत बिनयी सामुदायिक वनमा बाघले आक्रमण गरेर शरिरको केही भाग खाएको र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपि प्रकाश मल्लले जानकारी दिनुभयो ।
मृतक सोही सामुदायिक वनका वन रक्षक रहेको उहाँले जानकारी दिनुभयो । मृत शरिर फेला परेको वरपर बाघको पाईला देखिएकाले उहाँको बाघकै आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको मल्लले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।