दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना सहित आज बालाचर्तुदशी पर्व मनाइदै

शिक्षा


नवलपुर ।
दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना सहित आज बालाचर्तुदशी पर्व मनाइएको छ । बिहानैदेखि चितवनको देवघाटधाम सहित नवलपुरका नारायणि किनारमा सतविज छर्नेको घुइँचो लागेको छ ।

उता देवघाटमा विहिवार साझ देखि नै भक्तजनको उपस्थीत बाक्लो थियो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको संख्या ४० हजार बढि थियो । भक्तालुहरु रातभर जाग्राम बसी दिप प्रज्वलन गरेका छन् । रातिदेखि बस्ने र बिहानै देबघाट पुग्नेको भीड लागेको छ । यसबर्षदेखि देवघाट क्षेत्र विकास समितिले सद्बीज छर्नका लागि मणि मुकुन्देश्वर चक्रवर्ती मन्दिर परिसरमा सत्बीज मार्ग निर्माण गरेको छ ।

यस्तै सत्बीज छर्न आउने भक्तजनहरुलाई समितिले नि:शुल्क चियाको समेत व्यवस्था गरेको निर्देशक घिमिरेले बताउनुभयो । सद्बीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर