गैडाकोट
गैडाकोटमा भएको बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । दाङबाट काठमाडौं हिडेको ना ७ ख ४०३८ नम्बरको बस आज विहान करिव ४ बजे वडा नम्बर ७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट पर पल्टिएको थियो । दुर्घटनामा परीे गैडाकोट नगरपालिका २ निवासी ४ बर्षीया बालिका पार्वती उपाध्याय, गैडाकोट २ कै ४८ बर्षीय दयाराम शर्मा, देवचुली १ निवासी ३४ बर्षीय प्रदीप तिवारी,
काठमाडौं सीता पाइला ३ बस्ने ४९ बर्षीय प्रकाश घिमिरे, दाङ भालुवाङ ८ निवासी २६ बर्षीय लिला कुमाल घाइते भएका छन् ।