देवचुली वडा नम्बर ९ तीनघरेमा तेस्रो महिला तथा २७औँ खुल्ला भलिबल प्रतियोगिता हुने ।

शिक्षा


बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर ९ मा तेस्रो महिला तथा २७औँ खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । खेल आयोजक टिम जन जागृत युवा क्लबले शनिवार पत्रकार सम्मेलनको अयोजना गरि यहि पौष १० गते देखी १७ गते सम्म प्रतियोगिता संञ्चालन हुने जानकारी गराएको हो ।

क्लबका अध्यक्ष विरेन्द्रराज काफ्लेका अनुसार देवचुली ९को पर्यटन प्रबद्धन , युवा तथा महिलाहरुको सशक्तिकरण गर्न, खेलकुदमा अभिप्रेरित गर्ने लगायत उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार घुमाउरी पिकनिक स्पोर्टको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा महिला १६ टिम र पुरुष १६ टिम सहभागि हुने अनुमान गरेको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम टिमलाई १ लाख ११ हजार , द्धितीय टिमलाई ६१ हजार, तृतीयलाई ३१ हजार रुपैयाको पुरस्कार राशी रहेको जनाइएको छ । यस्तै महिला तर्फ प्रथम हुने टिमलाई २० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार रहेको जनाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर