नवलपुर , पुष ७ । पूर्व युवराज्ञी हिमानी शाहले बुधबार गैँडाकोटका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक बिद्यालयको प्राङ्गण गैँडाकोट १ मा विपन्न विद्यार्थीहरुलाई ३८४ जनालाई न्यानो कपडा वितरण गर्नुभएको हो । पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गरेको सेवामुलक संस्था हिमानी कोषले गैँडाकोटका ७ वटा विद्यालय र अपाङ्गता भएकाहरुलाई गरि ३८४ जनालाई न्यानो कपडा र पानी फिल्टर वितरण गरेको हो ।
कार्यक्रम संयोजक एवं हिमानी कोष नवलपुरका सल्लाहकार सरोज कंडेलका अनुसार पञ्चकन्या आधारभुत विद्यालयका २० जना, नवदुर्गा आधारभुत विद्यालयका ७० जना, नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक बिद्यालयका सुस्तमनस्थितीका १२ सहित ५७ जना, महेन्द्र स्मारक आधारभुत विद्यालयका ४५ जना, मौलादेवी आधारभुत विद्यालयका ५० जना, भाग्योदय आधारभुत विद्यालयका २५ जना, नारायणी माध्यमिक विद्यालयका ८२ जना र अपाङ्ग जीवन विकास संस्थामा आश्रीत १५ जनालाई ज्याकेट, झोला र पानी फिल्टर वितरण गरिएको छ ।
न्यानो कपडा वितरण गर्नुपूर्व युवराज्ञी हिमानी शाहले सिताराम सप्तऋषि मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो ।