बिबेक भण्डारी ।
देवचुली माध्यमिक विद्यालय रजहरको ५०औँ वार्षिक उत्सव एवंम स्वर्णमहोत्सव उद्घाट गरेको छ । विहिवार विद्यालय प्राङ्गणमा भव्य कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव उद्घाट गरेको छ । स्वर्णमहोत्सवको गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले उद्घाट गर्नुभएको हो । कार्यक्रम उद्घाट गर्दे मुख्य मन्त्री पोख्रेलले विद्यालय स्वर्ण वर्षमा प्रवेश गरेकोमा बधाई व्यक्त गर्नुभएको थियो ।
उहाँले देवचुली माध्यमिक विद्यालयलाई प्रदेश सरकारले प्रदेश अन्तर्गत नमुना विद्यालयमा समावेस गरेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षा संञ्चालनका लागि पनि प्रदेश सरकारले सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका विद्यायन समितिका संयोजक विष्णु लामिछाने , गण्डकी प्रदेशका मुख्य सचेतक ओमकला गौतम, संविद्यान सभा संदस्य महेन्द्रध्वज जिसि देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठ , शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने अतिथिहरुले देवचुली माध्यमिक विद्यालय ५०औँ वर्षमा पुगेको अवसरमा शुभकाना व्यक्त गरेका थिए ।
यस्तै विद्यालयका प्रध्यनाध्यापक नारायण प्रसाद भण्डारीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रधानाध्यापक भण्डारीले विद्यालयलाई यहाँ सम्म ल्याउने पुर्व प्रअ , शिक्षक, विद्यार्थि सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले देवचुली मा विले शैक्षिक क्षेत्रको विकासको क्रममा गण्डकी प्रदेशको ठुला विद्यालय अन्तरर्गन नमुना विद्यालयमा पार्न सफल भएको बताउनुभयो । उहाँले विद्यालयले आफ्नै क्रिकेट मैदान, स्विमिङ्ग पुल , प्रविधिक शिक्षा अध्ययन गर्नेका लागि प्रयोगशाला लगायतका सुविद्याहरु थप गरेको बताउनुभयो । स्वर्ण महोत्सव कार्यक्रममा विद्यालयले पुर्व शिक्षक , पुर्व विद्यार्थि एवं अभिभावकहरुको भेला समेत समेत गराएको थियो । विद्यालयले पौष ८ गते उद्घाट गरेको स्वर्ण महोत्सव कार्यक्रमको बैशाख एक गते सम्म जारी रहने छ ।