गाउँगाउँमा सडक पुग्दा स्थानिय दंग

शिक्षा


बिबेक भण्डारी,
नवलपुरका विकट क्षेत्रमा पक्की सडक पुग्दा त्यस क्षेत्रका स्थानिय दंग परेका छन । कच्चि सडकको समेत कल्पना नगरेका स्थानियहरुले मुख्य राजर्मागबाट पंक्कि सडक घरमै जोडिदा उत्साहित बनेका छन । नवलपुरकै बुलिङ्गटार गाउँपालिमा केहि वर्ष अघि पक्की सडक थिएन । गैडाकोटबाट पाल्पा जोड्ने कालिगण्डकी करिडोरले गति लिए पनि अहिले सो क्षेत्रमा सकेत पक्कि सडक पुगेको छ । पहिले सकड नपुग्दा यातायातको सुबिधाबाट बञ्चि भएका स्थानियको अहिले घरआगँनमै मोटर पुग्दा अझ दंग छन । गाउँमा विरामी पर्दा भरिया र डोलेको सहायता लिने गर्र्थे तर अहिले घरमै विरामी बोक्ने एम्बुलेन्स आउदा थप उत्साहित भएका छन । विरामी पर्दा वा खाद्यान्न खरिद गर्न समस्या हुने यस गाउँपालिकामा सडक संञ्चाल जोडिए पछि गाउँका उत्पादनले बजार पाएका छन भने अरु सुबिधा समेत पाएका छन ।
सडक पुग्दा बुलिङ्गटारका स्थानिय मात्र होइन यो बाहेक विकट क्षेत्रको रुपमा रहेको देवचुलीको कृर्तिपुर , हुप्सेकोटको हुरहुर्रे डाँढा र कावासोतीको बालुवा डाँढामा समेत सडक संञ्जाल जोडिदा स्थानियले सडक र यातायातमा विकास भएको अनुभुति गरेका छन । लामो समय भएको लकडाउन र बन्दाबन्दिमा योजना पुगेर अलपत्र रहन्छकी भन्ने त्रासमा रहेका स्थानिय सडक निर्माणको काम तिब्र रुपमा हुदा लभान्वीत बनेका छन ।
जिल्ला समन्वय समिति कार्यलय नवलपुरका अनुसार पनि पहाडि क्षेत्रमा विकासको क्रम जारी रहेको जनाएको छ । समन्वय समिति कार्यलय प्रमुख चेसराम आलेका अनुसार नवलपुरका पहाडि क्षेत्रमा विकास हुने क्रम जारी रहेको तर बजेटको भने अभाव रहेका कारण सडक निर्माण भए पनि अधुरो र थप स्तरउन्नती हुन समस्या भएको बताउनुहुन्छ ।
विकट क्षेत्रमा सडक संञ्जाल र सजिलै सवारी साधन पुग्दा विकट क्षेत्रमा उत्पादन हुने फलफुल तथा तरकारीले बजार लिदा सो क्षेत्रका स्थानिय आत्मनिर्भर र स्वरोजगार समेत भएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर