https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

हावा बिजुली मर्मत भए पर्यटनमा थप विकास हुन्थ्यो भन्छन धोवादी रुद्रपुरका स्थानिय

शिक्षा

बिबेक भण्डारी, नवलपुर ।
नवलपुरको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा २०६८ सालमा एसियाली विकास बैंकको सहयोगमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड बढीको लागतमा संचालित परियोजनाको हावाबाट १० किलोवाट र सोलरबाट २ किलोबाट गरी १२ किलोवाट विद्युत उत्पादनको क्षमता रहेको छ । तर मर्मत नगर्दा अहिले भने हावा बिजुली बन्द भएको छ । हावा बिजुली संञ्चालन हुदा सो क्षेत्रमा दुई वटा कुराको मुख्य फाइदा थियो । एक हावाबाट बिजुली र अर्को आकर्षणको केन्द्र । त्यहाकाँ स्थानियका अनुसार हावा बिजुली संञ्चालन हुदा यसमा जडान गरिएको पंखालाई बतासले घुमाउदाँ थप आकर्षित देखिन्थ्यो , फोटो खिच्न भिड लाग्ने गर्थ्यो, कतिपय आन्तरिक पर्यटकहरु यहि हावा बिजुली हेर्न आउथे यो संगै स्थानियहरुले हावा बिजुलीको प्रयोग गर्न सक्थे । स्थानीय गमबहादुर राना मगरका अनुसार हावा बिजुली निर्माण गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकको आगमन बृद्धि हुने उहाँ बताउनुहुन्छ ।

बैशाख जेठको तातो मौसममा पनि कुहिरो र मनोरम दृष्यको आनन्द लिन सकिने हुप्सेकोटको हुर्रहुर्रे संगै धोबादीमा हावा बिजुली निर्माण भए यहाँको पर्यटन विकास संगै स्थानियले हावाबाट उत्पादन भएको विजुली प्रयोग गर्न सक्ने थिए । पहिलो वर्षमा तोकिएअनुसार पर्याप्त विद्युत उत्पादन भएकोले यहाँका स्थानीयले चौबिसै घण्टा विद्युतको प्रयोग गरिरहेका थिए । जसबाट रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घरधुरी लाभान्वित भएका थिए । पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने भएपनि अहिले भने जेनतेन साँझ १ घण्टामात्र बत्ती बाल्न सकिएको छ । ब्याट्रीको एउटा टर्वाइनमा समस्याले सिंगो गाउँले निकै समस्या भोग्नुपरेको अर्का स्थानीय मीनबहादुरको गुनासो छ ।

यस परियोजनाको मर्मतका लागि सहयोगीको मुख ताकेर यहाँका स्थानीय बसेका छन् । अझ सबैभन्दा समस्या त विद्यार्थीलाई परेको छ । यता परियोजनाको मर्मत सम्भारका लागि प्रदेश सरकारबाट सहयोग हुने र आफुहरु पनि मर्मत सम्भारका लागि छलफलमा जुटि रहेको हुप्सेकोट गाउँ पालिकाका प्रमुख लक्ष्मी पाण्डेले बताउनुभयो ।

भएका स्रोतको सदुपयोग र व्यवस्थापन गर्न नसक्दा स्थानीय विद्युतको अभावमा गुज्रिएका छन् । यसमा सम्बन्धित निकायले नजर लगाउनुपर्ने देखिन्छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर