चिसोका कारण धनुषा र सप्तरीमा एक,एक जनाको ज्यान गयो

शिक्षा

धनुषा

केही दिनयता बढेको चिसोका कारण धनुषा र सप्तरीमा एकरएक जनाको ज्यान गएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको कठ्याँग्रिएर ज्यान गएको हो । यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिनुभयो ।

चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेकोे जनाएका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर