वडा अध्यक्ष गोबर्धन ज्ञावालीद्धारा गैडाकोट १६ का दश आमा समुहलाई एक लाख रकम सहयोग

शिक्षा


बिबेक भण्डारी ।
गैडाकोट वडा नम्बर १६ का वडा अध्यक्ष गोबर्धन ज्ञावालीलले दशवटा आमा समुहरुलाई दश दश हजारको दरले रकम प्रदान गर्नुभएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर १६ भित्र रहेका १० वटा आमा समुहरुको स्तरउन्नतीका लागि भन्दै रकम सहयोग गर्नुभएको छ । सफल आमा समुहका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा आयोजना गरिएको रकम सहयोग कार्यक्रममा वडा अध्यक्ष ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष ज्ञवालीलले आमा समुहरुको स्तरउन्नतीका लागि १० वटा आमा समुहहरुलाई रकम प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार आफुले पाउने तलब भत्ताबाट आमा समुहरुलाई रकम प्रदान गरेको जानकारी दिनुभयो ।

आफु वडा अध्यक्ष भए पश्चात तलब भत्ता आफुले नलिएर समाजमा खर्चेको बताउनुभयो । अध्यक्ष ज्ञवालीलले यस अघि वडा अध्यक्ष ज्ञवालीलले आफुले पाउने तलब भत्ता रकम बेल्डीहा प्रहरी चौकीलाई सात थान पंखा, दुर्गा मन्दिरलाई २७ थान पंखा, अमर ज्वति विद्यालयलाई १थान कम्प्युटर, बाल उदय विद्यालयलाई एक लाख बराबरको कार्यलय सामाग्रि सहयोग लगायतमा सहयोग गरेको बताउनुभयो । यस्तै कोरोना पिडित , उपचार खर्च लगयतमा समेत सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीलले आफुले राज्यको खर्च आफैलाई खर्च नगरि जनतालाई सहयोग गरेको भए पनि विभिन्न आरोप प्रत्यारोप आउने गरेको गुनासो गर्नुभयो । वडा अध्यक्षले आमा समुहरुलाई रकम प्रदान गरेको प्रति आमा समहहरुले वडा अध्यक्ष ज्ञवालीलाई धन्यवाद व्यक्त गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर