नेकपा एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे

शिक्षा

नवलपुर, पुस २६ ।
नेकपा एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे चयन हुनुभएको छ । नेकपा एमालेको आठौं अधिबेशनले अध्यक्षमा पाण्डेलाई चयन गरेको हो । पौष २३ गतेदेखि नवलपुरकै कावासोतीमा अधिवेशन भएको हो । अधिबेशनमा अध्यक्षमण्डलले चयन गरेको जिल्ला कमिटिलाई निर्वाचन मण्डलले बाचन गर्दै सर्वसम्मत रुपमा अधिबेशनले निर्वाचित गरेको जनाइएको छ ।

यस्तै उपाध्यक्षमा मनवीर थापा चयन हुनुभएको छ भने सचिवमा भिमलाल अधिकारी चयन हुनुभएको छ । २ पद रहेको उपसचिवमा यमुनाथ आचार्य र भिमलाल कंडेल चुनिनुभएको जनाइएको छ । जिल्ला कमिटिमा मनोनित गर्न मिल्ने १० प्रतिशत सदस्य संख्या ११ जना पनि मनोनित भएका छन् ।

अन्य पार्टीवाट एमालेमा आएकामध्ये १९ जनालाई जिल्ला कमिटिमा समेट्दै १ सय ३५ सदस्यीय जिल्ला कमिटि बनेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर