देवचुली,
देवचुली जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । देवचुली जेसीज बर्ष २०२१ ले बर्ष २०२२ को नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेको हो । देवचुली जेसीज बर्ष २०२१ का अध्यक्ष निलकण्ठ पोख्रेलको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथीका रुपमा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अनिलबहादुर शाही, देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका भण्डारीले देवचुली जेसिज बर्ष २०२२ ले महिला नेतृत्व पाएकाले महिलाले पनि हरेक कुरामा सक्षम भएर अघि बढ्न सक्ने कुराको प्रमाणित भएको र महिलाहरुका क्षेत्रमा अझै धेरै काम गर्ने अवसर प्राप्त भएको बताउँदै आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले जेसिजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै युवाहरुलाई जेसिजमा आबद्ध हुन समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैंडाकोट जेसिजका संस्थापक अध्यक्ष बद्री सापकोटा, देवचुली जेसिजका संस्थापक अध्यक्ष केवि राना, नेपाली काँग्रेस देवचुलीका नगर सभापति डिल्लीराम कडरिया, नेकपा एमाले देवचुलीका अध्यक्ष कृष्ण बहादुर केसी, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष अनिलबहादुर शाही, सामाजसेवि व्यक्ति धर्मराज बस्याल लगायतले जेसिजले नेतृत्व विकास तथा समाज रुपान्तरणको अभियान चलाईरहेको बताएका थिए । कार्यक्रममा देवचुली जेसिज बर्ष २०२१ क अध्यक्ष निलकण्ठ पोख्रेलले आफ्नो कार्यकालमा बनाइएका योजना कोभिडका कारण सम्पन्न गर्न नसकेकाले नयाँ नेतृत्वले बाँकी कार्य पूरा गर्नेमा आँफू बिश्वस्त रहेको बताउँदै आफ्नो कार्यकाल सफल पार्न महत्वपूर्ण योगदान गर्ने संघसंस्था व्यक्तिलाई धन्यवाद प्रकट गर्नुभएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट सहयोग गर्नै सहयोगी दाता एवम् संघसंस्थालाई सम्मान समेत गरिएको थियो । यस्तै देवचुली जेसिज बर्ष २०२२ को अध्यक्षमा दुर्गादेवि विष्ट, कार्यकारिणी भि.पि (उपाध्यक्षमा) बिजय पंगेनी, चेतनारायण शर्मा, जीवन गैरे, जगदिश तिवारीसँगै ई.भि.पि मा दिपेश कडरिया र गणेश सापकोटा भएका भएका छन् ।
यस्तै सह–कोषाध्यक्षमा निरज सापकोटा र सचिवमा नरेन्द्र भण्डारी निर्वाचित भएका हुन् । देवचुली जेसिजले पहिलो पटक महिला अध्यक्ष पाएको छ । नवनिर्वाचित अध्यक्ष विष्टले पद ग्रहण पछि देवचुली जेसिजले २०२२ मा महिला सशक्तिकरण कार्यक्रम संचालन गर्ने, बालबालिकाका लागि अन्तक्रिया कार्यक्रम संचालन गर्ने, लागू पदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने, देवचुलीका विकट ठाउँमा गएर बाल अधिकार र महिला अधिकार सम्बन्धी चेतना फैलाउने, देवचुलीको पर्यटन प्रबद्र्धनका लागि कार्यक्रम संचालन गर्ने बताउनुभयो । उहाँले यहाँका युवाको नेतृत्व तथा व्यक्तित्व विकास सहित सामाजिक क्रियाकलापमा आँफू अग्रसर रहने समेत बताउनुभएको छ । कार्यक्रमको संचालन देवचुली जेसिज बर्ष २०२१ का सचिव गणेश सापकोटा र देवचुली जेसिज बर्ष २०२२ का सचिव सन्तोष काफ्लेले गर्नुभएको थियो ।