मजदुर बोकेको सवारी दुर्घटना ,८ जना घाइते ।

शिक्षा


नवलपुर ।
पुर्वपश्चीम राजमार्ग अन्तरगर्त नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ मा सवारी दुर्घटना हुदा ८ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराए अनुसार नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप दुर्घटना भएको जनाइएको छ । झराही खोलामा सडक आयोजनाका कामदार बोकेको बा १४ च २९०६ नम्बरको पीकअप दुर्घटना हुँदा ८ जना कामदार घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको भ्यान विहान ७ :३० वजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाईतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ । घाइतेको अवस्था मध्यम छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर