देवचुली वडा नम्बर दुईद्धारा जेष्ठ नागरिक,अपाङ र एकल महिलालाई सम्मान

शिक्षा

बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर दुइले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आज वडा नम्बर २ ले एक कार्यक्रम नै आयोजना गरि वडा भित्रका ४५ जना भन्दा बढि जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको हो । यसै आर्थिक वर्षको बजेट अनुसार विनियोजित बजेटका आधारमा जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरिएको वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष केसीको अध्यक्षतामा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा दिव्य युवा समाजका अध्यक्ष यमनाथ बस्ताकोटी, सुन्दरबस्ती टोल सुधार समितिका अध्यक्ष विनोद सिलवाल, दुम्कौली टोल सुधार समितिका अध्यक्ष पुर्णकुमार दिक्षीत लगायत राजनितिक पार्टिका वडा अध्यक्ष एव पदाधिकारीहरुको सहभागिता रहेको थियो । आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्ने अतिथिहरुले वडाले जेष्ठ नागरिक,अपाङ तथा एकल महिलाहरुलाई गरेको सम्मान कार्यक्रम आवस्यक र सकारात्म रहेको बताएका थिए ।

आफुहरुलाई वडाले सम्मान गरेकोमा जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए । माधव केसीको अध्यक्षतामा आयोजना गरिएको सम्मान कार्यक्रममा उक्त वडाका वडा सदस्य दुर्गा अधिकारीले कार्यक्रम संञ्चालन गर्नुभएको थियो । कोभिडका कारण वडाले कार्यक्रमलाई तिन दिन सम्म आयोजन ागर्ने छ । आज जेष्ठ नागरिकलाई सम्मान गरेको छ भने भोली र पर्सी अपाङ र एकल महिलाहरुलाई सम्मान गर्ने छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर