लता मंगेशकरको निधन

शिक्षा

काठमाडौं ।

लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान ८ बजेर १२ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२७ दिनदेखि बिरामी मंगेशकरलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । लतालाई कोरोनासँग निमोनिया भएको थियो ।

डाक्टरले उनलाई सीधै आईसीयूमा भर्ना गरेर उपचार गरेका थिए । यी २७ दिनमा उनलाई २ दिन भेन्टिलेटरबाट हटाइयो । त्यसपछि उनको स्वास्थ्य फेरि बिग्रन थालेपछि लतालाई भेन्टिलेटर सपोर्टमा ल्याइएको थियो ।

उनले हिन्दीका साथै थुप्रै नेपाली गीतहरू पनि गाएकी छन् । ३६ भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ । लताको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो । विभिन्न भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ ।

लताले ५ बर्ष उमेरदेखि सुरु गरेको गायन क्षेत्र ७ दशक सम्म निरन्तरता दिएकी थिइन् । लता मंगेशकरको निधनले भारतीय संगीत जगतमा अपुरर्णीय क्षति पुगेको छ ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक नेता, बलिउड सेलिब्रेटीहरू अस्पताल पुगेका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर