“गरिखाने अभियान”मा युवाहरुको चासो

शिक्षा


बिबेक भण्डारी ।
राष्ट्रव्यापी गरिखाने अभियानमा युवाहरुको चासो बढेको छ । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले सञ्चालन गरेको यो अभियानमा युवाहरुको चासो र आवस्यकता रहेको भन्दै अभियानले संञ्चालन गरेको अन्तरक्रियामा युवाहरुको बाक्लो सहभागिता हरेको देखिएको छ । गरिखाने अभियान उद्यमशील बन्न चाहानेहरूलाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्ने देशव्यापी अभियान हो । यस अभियानसँग जोडिनेहरूलाई उद्यमशील बनाउन विभिन्न व्यावसायिक संस्थाहरूले काम गरिरहेका छन् । कोभिड–१९ महामारी प्रकृती विपतले उत्पन्न संकटको समयमा जनताकोे आयआर्जनका क्रियाकलापमा पर्ने असरलाई ध्यान दिँदै नेपाली कांग्रेसले ख्यातिप्राप्त उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ गठन गरेको थियो ।

समितिले अघि बढाएको गरिखाने अभियानअन्तर्गत नवउद्यमी, उद्यमलाई विस्तार गर्न चाहाने, नवीन सोच भएका, हातमा सीप भएकाहरूलाई उद्यमी बन्न आवश्यक सहयोग गर्दै आएको छ । अभियानसँग आवद्ध भएर विभिन्न ठुला संस्थाहरूले अभियानमार्फत् जोडिएका व्यक्तिहरूलाई उद्यमशीलता विकासमा सहयोग गर्दै आएका छन् । अभियान अन्तरगत रोडशो संगै थुप्रै कार्यक्रमहरु आयोजना गर्दे आएको छ । यो अभियानका बारेमा युवाहरुलाई जानकारी गराउने कार्यक्रमहरु पनि आयोजना भएका छन । नवलपुरको हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकामा अभियान जानकारी र वित्तिय साक्षरता समेत गरिएको छ ।

यो अभियानले सिंगो बेरोजगार, अर्थतन्त्रमा भविष्य खोज्नेहरुका लागि आवस्यक भएको युवाहरुले बताएका छन । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले सञ्चालन गरेको यो अभियानलाई स्थाननियतहले पनि चासोका रुपमा हेरेको देखिन्छ । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार यो अभियान युवाहरुको चासो बन्ने र उनिहरुलाई दीगो परियोज बारे जानकारी हुने हुदा अभियान सफल हुने र स्थानियतहका उद्यमशील युवाहरुलाई पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो । यो अभियानले विशेष गरेर गा्रामिण भेगका युवाहरुलाई प्रत्यक्ष भेट्ने,उनिहरुका कुरा र सपनाहरु सुन्ने युवाको आवस्यकतालाई प्राथमितामा राख्ने र उनिहरुलाई अभियानमा समेटेर तालिम तथा उनिहरुलाई आवस्यक पर्ने स्रोतसाधनहरु प्रदान गरि उद्यमशील बनाउने कार्य गर्ने गरेको गरिखाने अभियानका राजु नेपालले बताए । कार्यक्रममा वित्तिय व्यवशायमा लागेका अग्रजहरुले आर्थिक विकास र वित्तिय सुरक्षाका बारेमा प्रशिक्षण समेत प्रदान गरेका थिए । कार्यक्रममा चौधरी उद्योगका तर्फबाट विकास पन्थी,स्थानिय समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर