एमसीसीमा आफुहरु सहमत नभएको भन्दै विरोध ।

शिक्षा


नवलपुर ।
एमसीसीमा आफुहरुको सहमत नभएको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट जनवर्गिय संगठनले जनाएको छ । आइतवार नवलपुरको कावासोती सहित ७७ जिल्लामा एकै पटक एमसीसीको विरोध गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट जनवर्गिय संगठनका अध्यक्ष शालिकराम भटराईले नेपाली जनता र मुलुकले एमसिसी आवस्यक छैन भनि रहदा अमेरीकाले जबरजस्ती शैलीमा नेपाल भित्र्याउन खोजेको आरोप लगाउनुभयो । “कसैले चाहेकै छैनन्, अमेरीकाले किन जबरजस्ती शैलीमा नेपाल ल्याउन चाहेका छन” अध्यक्ष भटराईले भने । विरोध कार्यक्रममा समाजबादी युवा संघ नेपालका स्थायी कमिटि सदस्य प्रेमनारायण पाण्डेको नेतृत्वमा उक्त विरोध कार्यक्रम भएको हो ।

अनेरास्ववियू केन्द्रीय सचिव ठाकुर पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एस गण्डकी प्रदेश कमिटि सदस्य एवं जिल्ला उपसचिव सुस्मा काफ्ले, जिल्ला उपाध्यक्ष गणेशमान महतो, अनेरास्ववियू जिल्ला अध्यक्ष मदन गिरी, अनेमसंघ जिल्ला अध्यक्ष तारा भुसाल, युवासंघका केन्द्रियक सचिवालय सदस्य प्रेम भट्ट, सदस्यद्धय प्रेम विक र गोविन्द सुनार लगायतको आतिथ्यता रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर