बिबेक भण्डारी ।
स्थायी जग्गा स्वामित्वको व्यवस्था गर्न भन्दै नेकपा एमाले देवचुली चारले देवचुली नगरपालिकाको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । मंगलवार नेकपा एमाले वडा कमिटिका अध्यक्ष टेकबहादुर दर्लामी सहितको टोलीले नगरप्रमुख पुर्णकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा २०२५ साल देखी उक्त क्षेत्रमा खेतीयोग्य , मानव बसोवासको लागि पनि उपयुक्त भएको कारण सोही समय देखी बसोवास हुदै आएको उल्लेख गरेको छ । २०३८ सालको सुकुम्वासि उच्चस्तरीय आयोगले अनुगमन गरी बसोवास निर्धारण गरेको बताइएको छ ।
वडा कमिटि अध्यक्ष टेकबहादुर दर्लामी र सचिव टुकलाल रुचालको हस्ताक्षर रहेको ज्ञापन पत्रमा सरकार परिवर्तन हुदा पटकै पिच्छे निर्णय परिवर्तन हुदा जग्गा स्वामित्व ग्रहण गर्न नसकेको जनाइएको छ । यस्तै ओली सरकारले भुमिहिन, पुर्जाविहिन बसोबास रहेको क्षेत्रमा पुर्जा वितरण गर्न आवस्यक प्रकृया थालेको र सो कार्य ओली नेतृत्वको सरकार परिवर्तन प्रकृया पनि खारेज हुदा वडा नम्बर चारका पुर्जाविहिन स्थानियहरु समस्यामा परेको उल्लेख छ । ज्ञापन पत्रमा नगरपालिकाले यो समस्या समाधान गर्न आग्रह समेत गरेको छ । ज्ञापन पत्र लिदै नगर प्रमुख पूर्णकुमार श्रेष्ठले आफुले पहिलै देखी सुकुम्बासी समस्या अन्त्य गर्न पहल गरेको भए पनि सफल हुन नसकेको बताए । आफुले सुकुम्वासी समस्या अन्त्य गर्न पहल गर्ने बताउनुभयो ।
ज्ञापन पत्र प्रदान कार्यक्रममा समाज सेवी विद्यबहादुर बिश्वकर्मा, जिल्ला कमिटि सदस्य टिकाराम देवकोटा, वडा कमिटि उपाध्यक्ष फणिन्द्र घले , वडा कमिटि उपसचिव कृष्ण रेग्मी, वडा कमिटि इन्चार्ज चित्रकुमारी मल्ल , वडा कमिटि सदस्य सुनिमाया थापा, नगर कमिटि सदस्य लक्ष्मण रानाभाट लगायतको उपस्थीत रहेको थियो । ।