बिबेक भण्डारी ।
हेटौडा वर्दघाट २ सय बिस केभी विद्युत प्रसारण लाइनबाट आफुहरु प्रभावित भएको विनयी त्रिवेणी गाउँपालिका सुनटाँडीका स्थानियले बताएका छन । विहिवार विद्युत प्रसारण लाइन पिडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेर आफ्नो गरिखादै आएको जमिनबाट प्रशारण लाइन लैजाँदा समस्यामा परेको बताए ।
पिडित प्रेमबहादुर परियारका अनुसार आफुहरुले विकासको विरोध नगरेको तर विकासको तरिकाबाट भने आफुहरु मननपरेको बताए । “विकास हुनु राम्रो हो, तर विकासको नाममा हाम्रो पुर्खोली सम्पत्ति त मास्नु भएन नि” पिडित परियारले भने । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ सुनटाँडीमा बस्ती बाक्लो रहेको, परापूर्व साँस्कृतिक सम्पदा समेत मास्ने गरि निर्माण हुने प्रशारण लाइन आफुहरुलाई मान्य नहुने बताए । “विधुत लैजाने वैकल्पीक मार्ग पनि छ तर त्यो मार्ग हुदाहुदा आफुहरुले खेतीगर्दे आएको जमिनमा टावर गाढेको छ” पत्रकार सम्मेलनमा आएकी अर्का पिडित जौमाया विकले भनिन् । कावासोतीमा परियोजनाले केही वर्ष अघि वातावरण प्रभाव मुल्याकनका विषयमा छलफल गरेको थियो तर उक्त छलफलमा आफुहरुलाई कुनै सुचना जानकारी नपाएको उनिहरुको भनाइ छ । प्रशारणलाइनबाट पिडित बनेका स्थानिय शिव गुरुङका अनुसार ४५ देखी ९६ घरधुरी रहेको उक्त गाउँमा प्रशारण लाइनका कारण मानसिक तनाव समेत भएको बताए । “ १९६ नम्बरको टावरलाई विनयी खोला हुदै लैजान भनेका थियौँ, वैकल्पीक मार्ग त छ” गुरुङले भने ।
सोही विषयकै कारण गाउँमा प्रशासनले आफुहरुलाई कार्वाही गरेको बताए । पिडित नन्दकुमारी गुरुङका अनुसार २०७७ चैतमा गाउँका बालबालीका ,जेष्ठ नागरिकहरुलाई समेत कार्वाही गरेको बताइन । आफुहरु विकासमा हातेमालो गर्दे जाने तर आफ्नो पिडा पनि सम्बोधन गर्नुपर्ने बताउ छन् ।