नवलपुरमा तोरीको उत्पादन राम्रो

शिक्षा


बिबेक भण्डारी ।
मौसम अनुकूलताका कारण नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको हो । विगतका वर्षमा निरन्तर ओरालो लागेको तोरीको उत्पादनमा यस वर्ष भने बढेको देखिएको छ । समयमै बिउ, मलको अभाव, सिँचाइको समस्या तथा रोग कीराको प्रकोप घटेको र मौसम अनुकूल हुँदा उत्पादन बढेको कृषि प्राविधिक बताउँछन् । यस वर्ष भने तोरी खेतीका लागि पर्याप्त सुविधा भएसँगै उत्पादन बढेको हो। तोरी फूलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलता हुनु नै उत्पादन वृद्धिका मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीको भनाइ छ । उहाँका अनुसार गत वर्ष तोरी उत्पादनमा बृद्धि हुन नसके पनि अहिले कृषकहरुले उत्पादन बृद्धि गरेको बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार यस वर्ष एक हजार १ सय ८० हेक्टरमा तेलहन बाली लगाइएको थियो। अहिलेको उत्पादनको अवस्था अनुसार करिब एक हजार २ सय ५० मेट्रिक टन तोरी उत्पादन हुनेछ । जिल्लाको कावासोती, मध्यविन्दु ,देवचुली र गैडाकोटका स्थानलाई तोरीको पकेट क्षेत्र मानिन्छ । सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण अहिले बढेको हो। कृषि ज्ञानकेन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीका अनुसार किसानले लगाएका तोरी उत्पादन बृद्धिका लागि कृषि ज्ञानकेन्द्र, पालिकाहरुले उन्नत जानका विउ संगै परामर्श प्रदान गर्दा उत्पादन बृद्धि भएको बताउनुहुन्छ ।

गत वर्ष तोरी खेतीबाट सन्तोषजनका उत्पादन समेत गर्न नसकेका कृषकहरुले अहिले तोरी उत्पादन बृद्धि हुदा उत्साहित बनेका छन । गत वर्ष तेल खरिद गर्ने किसान अहिले भने आफै उत्पादन गर्न सकेको बताउछन ।

पशुपालन तथा तरकारी खेतीमा जस्तै तेलहन बालीमा आकर्षण तत्कालै बढेको पाइँदैन । तर, रोग, कीराको समस्या समाधान भएपछि किसानको आकर्षण तोरी खेती तर्फ बढ्दै गएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर