बिबेक भण्डारी ।
एमसिसीको विषयलाई राजजिति दाउपेजको एजेण्डा बनाइएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताउनुभयो । विपि अध्ययन प्रतिष्ठान नवलपुरले देवचुलीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभापति गुरुङले एमसिसी अहिले नभएर २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुदा नै माओवादी केन्द्र कै तर्फबाट एमसिसीको विषय उठेको बताउनुभयो । “ ठिक र बेठीक भन्नु भन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने , २०६८ सालमा माओवादी केन्द्रबाट डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुदा नै माओवादी केन्द्रले एमसिसीको थ्रेसहोल्ड भित्र पार्ने काम भाको हो” उपसभापति गुरुङले भन्नुभयो । मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी हुदा पनि यो विषय आएको भन्दै गुरुङले अहिले विरोध गर्ने पार्टिले आफ्नै पालामा कुनै न कुनै स्थानबाट एमसिसी पास गराउन लागि परेका प्रमाणहरु प्रसस्त रहेको बताउनुभयो ।
उहाँले एमसिसीले मंगोलीयामा समेत काम गरेको भन्दै त्यहा रहेका देशबासीलाई कुनै हानि नपुर्याएको बताउनुभयो । “एमसिसी राष्ट्रघातीनै हो भने मंगोलीया लगायत धेरै राष्ट्रमा एउटा कार्यक्रम सम्पन्न गरेर अर्को काम सुरु गर्देछ” उपसभापति गुरुङले भन्नुभयो ।
उहाँले अमेरीकि सेना आइहाल्ने भन्ने भ्रम गलत भएको बताउदै मंगोलीयामा एमसिसीले गरेको कामको अध्ययन गरेर सेनाको विषयमा बुझ्न सकिने समेत बताउनुभयो । “अमेरीकाले सेना ल्याउन चाह्यो भने एमसिसी नै कुर्ला ?” उपसभापति गुरुङले भन्नुभयो । इराक र अफगानिस्थान मुलुककमा एमसिसी विना नै सेना आएको बताउदै अमेरीकाले चाहेको खण्डमा एमसिसी नभन्ने प्रष्ट पार्नुभयो ।